
नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २२ लाख १९ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा ९० दशमलव ६८ प्रतिशतले घटेको हो । गत वर्षको सोहिअवधिमा नाफा २ करोड ३८ लाख रुपैयाँ कमाएको थियो ।
१ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोष ४१ करोड ३० लाख रुपैयाँ नेगेटिभमा रहेको छ । कम्पनिको रेभिन्यु ३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ८९ लाख रुपैयाँ लगानी गरेको छ ।
नेशनल हाईड्रोपावरको सञ्चालन मुनाफा ९० प्रतिशतले बढेर १ करोड ९८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अन्य आम्दानी पनि ७६ दशमलव ३१ प्रतिशतले घटेर जम्मा ४५ हजार रुपैयाँ रहेको छ । गत वर्ष सोहिअवधिमा १ लाख ९० हजार रुपैयाँ रहेको थियो ।
नेशनल हाईड्रोपावरको प्रतिशेयर आम्दानी वार्षिक ३ दशमलव ५६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ९७ गुणा र प्रतिशेयर नेटवर्थ ७० दशमलव २० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस