aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तेह्रौँ साग : ९६ पदक नेपाल दोस्रो कुन देशको कति पदक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ मंसिर २०७६
तेह्रौँ साग : ९६ पदक नेपाल दोस्रो कुन देशको कति पदक

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ ।  भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित कूल ११८ पदक जितेको छ ।

नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित कूल ९६ पदक प्राप्त गरेको छ । यस्तै श्रीलङ्का १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित तेस्रो, पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १० रजत र ४० कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भुटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले  साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो । 

साग पदक तालिका 

देश              स्वर्ण    कास्य    रजत    जम्मा
भारत             ५८       ४१      १९       ११८
नेपाल             ३६        २६    ३४       ९६
श्रीलङ्का           १६         ३१    ५२       ९९
पाकिस्तान       १२         २१    २२        ५५
बङ्गलादेश        ४          १०    ४०        ५४
माल्दिभ्स          १          ०       २         ३
भुटान               ०        ०        ६         ६

प्रतिक्रिया दिनुहोस