
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ भने नेपाल ४३ स्वर्ण सहित दोस्रो स्थानमा यथावत रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ ।
शनिबारका खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ २५ कास्यसहित कूल २१० पदक जितेको छ । नेपाल ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ ।
यस्तै श्रीलङ्का ३० स्वर्ण पदक सहित तेस्रो स्थानमा रहेको छ । पाकिस्तान १९ स्वर्ण सहित चौथो, बङ्गलादेश ७ स्वर्ण पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले आज गल्फमा दुई तथा पौडी, एथलेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो ।
साग पदक तालिका
देश स्वर्ण कास्य रजत जम्मा
भारत १०६ ६९ ३५ २१०
नेपाल ४३ ३३ ६२ १३८
श्रीलङ्का ३० ५४ ८३ १६७
पाकिस्तान २१ २८ ३४ ८३
बङ्गलादेश ७ २२ ५४ ७३
माल्दिभ्स १ ० २ ३
भूटान ० ० ६ ६
प्रतिक्रिया दिनुहोस