aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६
काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यू

  काठमाडौं ।  नक्सालस्थित होटेल मेरिएटको पहिलो तलामा छ, एडमामे रेष्टुरा । आरामदायी, 'सम्पन्न तथा आकर्षक आधुनिक एशियन शैलीको एडमामेले नयाँ चाइनिज मेन्यू शुरु गरेको छ ।’ओक एण्ड बउल’ नामक उक्त मेन्यूमा हरेक शनिबार लञ्च आवरमा मौलिक चिनियाँ व्यञ्जन उपलव्ध हुन्छ । 

उक्त रेस्टुरेन्टमा जापानी, चिनियाँ र थाइल्याण्डका मौलिक परिकार पहिले देखि नै उपलब्ध छन् । हालै सुरु भएको नयाँ मेन्यूमा दिम्सम, राइस बउल, र लिप स्म्याकिङ वाओस, हास, चिकेन लगायतका परिकार छन् । मिक्स शाकाहारी रोल्स र लिम्पियाज लगायत परिकार पनि रेष्टुरेन्टमा पाइन्छ । 

एडमामेको सेटिङ निकै आकर्षक छ । जटिल ढाचाँ, भव्य वस्त्र र एशियन कलाको फ्युजन रेष्टुरेन्टमा देख्न पाइन्छ । डिजाइनले प्राचिन सभ्यताको रहस्य र यसबाट अलग्गीदा ब्रम्हाण्डमा गरिएको भोजन अमुल्य भोेजनको अर्थ दिन्छ । 

हरेक सामग्रीको उत्पादन र गुणस्तर उत्पादनलाई ध्यानमा राख्ने गरेको प्रष्ट पार्छन् । एडमामेका कार्यकारी शेफ सञ्जीव रञ्जन र शेफ निन्जा भन्छन, खानाको स्वाद र गुणस्तरलाई ध्यानमा राखि स्वस्थ परिकार पस्किने गरेका छौ ता की एकपटकको स्वाद पनि यादगार बनोस् ।’

प्रतिक्रिया दिनुहोस