aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अरुण कावेलीको नवौं साधारण सभा पुस १५ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६
अरुण कावेलीको नवौं साधारण सभा पुस १५ गते

काठमाडौं । अरुण कावेली पावर लिमिटेडको नवौं वार्षिक साधारण सभा पुस १५ गते हुने भएको छ । सभा बिहान ११ बजे देखि इन्द्रेणी फूड ल्याण्ड, काठमाडौंमा हुने भएको हो । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा गर्ने निर्णय गरेको हो ।

सभाले  आव २०७५/०७६ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ । साथै सभाले नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण छलफल गरी स्वीकृत गर्ने लगायत लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस ८ गतेदेखि १५ गतेसम्म बन्द रहनेछ । पुस ७ गतेसम्मका कायम शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस