aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बुटवल पावरको २८% लाभांशका लागि पुस २४ गते साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले शेयरधनीहरुका लागि गत आवको खुद मुनाफाबाट चुक्तापूँजीको २८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश पुस २४ गते हुने २७ औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन । सभा काठमाडौैं स्थित कार्की व्याङ्क्वेटमा बिहान ११ बजे देखि सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गते देखि पुस २४ गते सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । 

हाल रू. २ अर्ब ४४ करोड चुक्तापूँजी रहेको कम्पनीको प्रस्तावित १० प्रतिशत बोनस पश्चात रू. २ अर्ब ६८ करोड ४६ लाख १० हजार ५०० रुपैयाँ कायम हुनेछ । यस अघि आव २०७४÷०७५ मा कम्पनीले १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद गरी कूल २८ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस