
काठमाडौं । १३ दक्षिण एसियाली खेलकुद (साग) को समापन तथा पुरुष फुटबलको फाइन खेल अहिले केही बेरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । उक्त प्रतियोगिता हेर्नका लागि पुगेका दर्शक र प्रहरीबीच झडप हुँदा रंगशाला क्षेत्र तनावग्रत बन्न पुगेको छ ।
रंगशाला पुगेका दर्शकमाथि प्रहरीले बल प्रयोग गरेपछि तनावग्रस्त भएको हो । रंगशालाको टिकट सकिएपछि आवेशमा आएका दर्शकलाई हटाइएको भए पनि बल प्रयोग नगरिएको प्रहरीको दाबी छ । तर, प्रहरीको लाठीचार्जबाट सञ्चारकर्मी र सर्वसाधारणसमेत घाइते बन्न पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस