काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगितामा स्वर्ण पदक विजेतालाई सरकारले प्रति खेलाडी ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई बोलाएर ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । रजत जित्ने खेलाडीलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन ।
प्रधानमन्त्री ओलीले एक मात्रै स्वर्ण जित्नेलाई नौ लाख रुपियाँ र दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपियाँका दरले प्रोत्साहन रकमको घोषणा गरिएका छन । त्यस्तै, रजत विजेता खेलाडीलाई छ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपियाँ दिने घोषणा गरिएको छ । सबै खेलाडीलाई गरेर झण्डै ११ करोड रुपियाँ खर्च हुनेछ । नेपालले ५१ स्वर्णसहित कुल २०६ वटा पदक हात पार्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस