aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सागका विजेतालाई नगर परिक्रमा गर्ने रुट कता ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
सागका विजेतालाई नगर परिक्रमा गर्ने रुट कता ?

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीलाई सरकारले सम्मानस्वरूप काठमाडौं नगर परिक्रमा गराउने भएको छ। पदक दिलाई देशको गौरब बढाउने खेलाडी तथा तिनका प्रशिक्षकलाई कदर स्वरुप काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिन लागिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार अहिले बिहान ११ बजेबाट राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट नगर परिक्रमा कार्यक्रम सुरु गरी न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ ।

साग प्रतियोगितामा नेपालले ५१ स्वर्ण हासिल गर्दै यो प्रतियोगितामा अहिलेसम्मकै धेरै पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस