aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सामसुङद्वारा दुई नयाँ ग्यालेक्सी सिरिज सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
सामसुङद्वारा दुई नयाँ ग्यालेक्सी सिरिज सार्वजनिक

काठमाडौं । सामसुङले आफ्नो ग्यालेक्सी सिरिजको दुई नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए सेभेन्टी वान’ र ‘ग्यालेक्सी ए फिफ्टी वान’ सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनमा कम्पनीको इन्फिनिटी–ओ डिस्प्ले दिइएको छ ।

साथै साउथ कोरियन यस कम्पनीले रियरमा क्वाड क्यामेरा सेटअप र ब्याकमा ग्रेडिएन्ट फिनिसिङ पनि दिइएको छ । ग्यालेक्सी एक फिफ्टी वानमा ग्यालेक्सी एक फिफ्टीको अपग्रेड र ग्यालेक्सी ए सेभेन्टी वानलाई ग्यालेक्सी ए सेभेन्टीको अपग्रडको रुपमा बजारमा ल्याइएको हो ।

सामसुङ ग्यालेक्सी ए फिफ्टी वानको ६ जीबी प्लस १२८ जीबी भेरिएन्टको मार्केट मूल्य (नेपालीमा कन्भर्ट गर्दा) रु ४०,००० तोकिएको छ । यस स्मार्टफोन प्रिज्म क्रस ब्ल्याक, ह्वाइट, ब्लु र पिंक कलर अप्शनमा बजारमा उपलब्ध हुनेछन् ।

अहिलेसम्म यस स्मार्टफोन भियतनाममा मात्रै उपलब्ध गराइएको छ । भियतनाममा केवल एक स्टोरेज भेरियन्टलाई मात्र पेश गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा यस भेरियन्टको फोनमा ४ जीबी, ६ जीबी र ८ जीबी –यामका साथै ६४ जीबी र १२८ जीवी स्टोरेज भेरियन्टमा उपलब्ध गरिनेछ ।

यसैबीच सामसुङ ग्यालेक्सी एक सेभेन्टी वानको मूल्य भने सार्वजनिक गरिएको छैन । यसलाई प्रिज्म क्रश ब्ल्याक, ह्वाइट, ब्लु, पिंक कलरमा उपलब्ध गरिनेछ ।

प्रतिक्रिया दिनुहोस