aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कालिञ्चोकमा हिउँ खेल्न जाने कि  !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ मंसिर २०७६
कालिञ्चोकमा हिउँ खेल्न जाने कि  !

चरिकोट । दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । शुक्रबार बिहानदेखि कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू–भागमा  हिमपात हुँदा  जनजीवनसमेत प्रभावित बनेको छ । 

 हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरु सेताम्य देखिन थालेका छन् । यसयामको जाडो मौसम शुरु भएसँगै पहिलोपटक हिउँ परेको हो । हिमपात भएसंगै पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

 कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले आकर्षणको केन्द्र बनेको हो  । तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्यटन आउने गरेको होटल व्यवसायी हरि वली वताए । 

उनले भने, “ यहाँ हिउँ खेल्न र हेर्न पर्यटन आउने गर्दछन्, हिमपात हुनु राम्रो हो ।  ”   हल्का वर्षाले किसान पनि औधि खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस