
काठमाडौं । काठमाडौं महानगरपालिकाले जनवरी १ देखि ७ जनवरीसम्म नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने भएको छ ।
महानगरले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम प्रवद्र्धन गर्ने उद्देश्यले सप्ताहव्यापी स्वयम्भु साँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
महानगरले भ्रमण वर्ष २०२० लाई लक्षित गरी उक्त कार्यक्रम विश्व सम्पदा सुचिमा रहेको स्वयम्भु स्थित भुइखेलचौरमा गर्ने भएको छ । यस कार्यक्रममा सबै जातजातीका मानिसहरुले सहभागी जनाउन पाउने छन् ।
महानगरले ‘शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि स्वयम्भु जाऔं नेपाल भ्रमण वर्ष मनाऔं’ भन्ने मुल नाराका साथ यो योजना अगाडि सारेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।
२०७६ पुष १६ गते देखि २२ गतेसम्म संचालन हुने साँस्कृतिक कार्यक्रम उदघाटनको दिन सबै जातजातीले आ–आप्mनो सास्कृती झल्काउने, दोस्रो दिन प्रहरी सशस्त्र कल्याण कार्यक्रम गर्ने, तेस्रो दिन लोक दोहोरी कार्यक्रम गर्ने, शनिवारको दिन विद्यालयको विद्यार्थीले कार्यक्रम गर्ने, छैटौ दिन सेनाको कार्यक्रम गरी सातौ दिन सबै समुदायको सहभागीतामा एकै कार्यक्रम गरी समापन गर्ने भएको छ ।
महानगरले यो कार्यक्रमको लागि न्युनतम २० देखि ३० लाखसम्म लागत लाग्ने अनुमान गरेको छ । उक्त खर्च महानगर र अन्य संस्थाले व्यर्होर्ने डंगोलले बताए ।
प्रतिक्रिया दिनुहोस