aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रिडि हाईड्रोपावरको मुनाफामा सामान्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
रिडि हाईड्रोपावरको मुनाफामा सामान्य वृद्धि

रिडि हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ७६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५ दशमलव ९९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले नाफा ७२ लाख रुपैयाँ कमाएकोे थियो ।

 ५३ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ । जसको लगानी १४ करोड ३ लाख रुपैयाँ रहेको छ ।  ।

त्यस्तै कम्पनिको बिक्री १ करोड १५ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा सामान्य घटेर ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीले संचालन मुनाफा सामान्य घटाएपनि अन्य संचालन खर्च भने घटाएको छ ।

रिडि हाईड्रोपावरको प्रतिशेयर आम्दानी वार्षिक ५ दशमलव ७६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६० दशमलव ९९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५ दशमलव ५७ रुपैयाँ र तरलता अनुपात शुन्य दशमलवल ५१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस