काठमाडौं । डा. महाविर पुनले आफ्नो फेसबुक वाल मार्फत आफूलाई ४ प्रतिशत व्याजमा ऋणदिने व्यक्तिको खोजि गरेका छन । उनले आफ्नो फेसबुक वालमा भनेका छन, 'विश्वसको भरमा ४ प्रतिशत बार्षिक ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्नेरु यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो। करिब ३ करोड चाहिएको छ । एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन। सकेको ५, १०, २० लाख दिए पनि हुन्छ ।'
उनले यस्तो ऋण वित्तीय संस्था र बैंकहरुबाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरु संग ऋणको लागी अनुरोध गरेको बताएका छन् ।
उनले दोश्रो काम राष्टिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको ूसामानहरु बनाउने कारखाना बनाउन जरुरी भएको र आविष्कार केन्द्रमा सफलतापूर्वक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परिक्षण गर्नको लागि यस्तो प्लान्टका लागि दुई करोड रुपैंया चाहिएको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस