aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ पुस २०७६
एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका  आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असिमित कुराकानीको योजना ल्याएको छ ।  
 
एनसेल प्राईभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्क भित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजे देखि विहान ६ बजे सम्म मात्र रु १० (रु १२.७७ कर सहित) मा असिमित कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ । 
 
यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहिबार (पुष ३) देखि संचालनमा रहने छ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन् । त्यस्तै एसएमएस मार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीकोे ठुलो अक्षर ‘एनयु’ टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ । 
 
यो प्याकले ग्राकहलाई थप सुविधा प्रदान गर्ने र आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर चत्रै ४ गतेसम्म संचालनमा रहने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस