
काठमाडौं । मोबाइल एप रिचार्जरले क्रिसमस अफर सार्वजनिक गरेको छ । एण्ड्रोइड तथा गूगल प्लेबाट रिचार्जरको एप डाउनलोड गर्नेहरुलाई रिचार्जरले दुईवटा क्रिसमस क्याप निशुल्क उपलब्ध गराउने भएको हो ।
डिसेम्बर २३ तारिख अर्थात पुस ७ गते सोमबार साँझ ३ बजेदेखि ४ बजेसम्मको अवधिमा रिचार्जर एपबाट क्रिसमस क्याप अर्डर गरिसक्नु पर्ने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले बताए ।
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० क्यास प्वाइन्ट पाउने छन् । यसरी आउने १०० क्यास प्वाइन्ट खर्चेर प्रयोगकर्ताले सोमबार एक घण्टाको अवधिमा दुईवटा क्रिसमस क्याप अर्डर गर्न सक्ने छन् । क्याप अर्डर गर्दा अरु शुल्क लाग्ने छैन । प्रयोगकर्ताले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको रिचार्जरको कार्यालयबाट क्याप संकलन गर्नु पर्ने हुन्छ ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुर्याएको छ ।
अहिले विदेशी प्रयोगकर्ताहरुले रिचार्जरबाट २४ सै घण्टा नाईट फुड सर्भिस अर्डर गर्न सक्छन् भने स्वदेशी बिदेशी पर्यटकलाई लक्षित गर्दै अफरहरु सार्वजनिक हुने क्रममा छन् । विश्भरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । स्वदेशी तथा पर्यटकहरुले रिचार्जरबाट २० हजारदेखि २ लाख रुपैंयासम्ममा आकर्षक भ्रमण प्याकेजहरु पाउने छन् ।
प्रतिक्रिया दिनुहोस