aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

युनाईटेड मोदी हाइड्रोको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० पुस २०७६
युनाईटेड मोदी हाइड्रोको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने पुस १० गते बिहीबार अन्तिम दिन रहेको छ । 

कम्पनीले शेयरधनीहरुका लागि कर सहित ८ दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २४ गते वार्षिक साधारण सभा गर्दैछ । 

सभा र लाभांश प्रयोजनका लागि पुस ११ गतेदेखि बुक क्लोज गर्नेभएकाले पुस १० गते नै लाभांश सुरक्षित गर्नुपर्ने भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड छ । बुधबार यस कम्पनीको अन्तिम शेयरमूल्य रू. १०९ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस