aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वीरगन्जमा अत्याधुनिक डिजिटल लाइट जडान गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
वीरगन्जमा अत्याधुनिक डिजिटल लाइट जडान गरिने

वीरगन्ज । महानगरपालाई मुलुकमै नमुना सहरको रुपमा चिनाउन “उज्यालो बिरगंज अभियान “ संचालत गरिएको छ । वीरगन्ज महानगरपालिका अन्र्तगत रहेका सबै चौकहरुका यसै बर्ष समय अनुसार प्रकाशमा आधारित सेंसरभएको स्वचालित स्वीचिगं सहितका टावर लाइटहरुको  निर्माण भइरहेका छन् । 

चालु आर्थिक बर्षमा बिरगंज महानगरभित्र कुल १६हजार  बिजुली को पोलमा डिजिटल लाईट लगाइने योजना समेत रहेको  छ ।जसको लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरि हरेक पोलमा तारको बिस्तार गरिने छ र अटोमेटिक स्विचीङ्ग सिस्टम जडान गरिने छ । जस अन्र्तगत उज्यालो हुने बितिकै लाईट आफ हुने र राति हुने बितिकै बति अन हुने,अत्याधुनि प्राविधक व्यस्था गरिएको नगरपालिकाले जनाएको छ ।

 यो योजनाको  कुल खर्च २४ करोड रुपैयाको अनुमान गरिएकोे छ । जसमध्येको आधा रकम वीरगन्ज महानगरपालिका र बाँकी  नेपाल सरकारले दिने भएको छ । अगामि दुई बर्ष भित्र पुरा गरिने  लक्ष्य रखिएको नगर प्रमुख बिजय कुमार सरावगीले बताए । 
 

प्रतिक्रिया दिनुहोस