aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

गुगललाई १५ करोड युरो जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
गुगललाई १५ करोड युरो जरिवाना

काठमाडाैं । फ्रान्सको एक सरकारी निकायले सर्च इन्जिन गुगललाई १५ करोड युरो जरिवाना तिराउने निर्णय गरेको छ ।

फ्रान्समा प्रतिस्पर्धाको विषयमा अनुगमन गर्ने निकायले गुगलको विज्ञापन प्रस्ट नभएको भन्दै जरिवानास्वरुप १५ करोड युरो तिराउने निर्णय गरेको हो ।

फ्रान्ससहित युरोपेली देशहरुले आफ्ना छुट्टै कानुन र संयुक्त कानुन जीडीपीआरमार्फत प्रविधि कम्पनीलाई कडाइ गर्दै आएका छन्। जसका कारण प्रविधि कम्पनीहरु युरोपमा निरन्तर जरिवानामा पर्दै आएका छन् ।

अघिल्लो महिना मात्र ४ वर्ष अघिको आर्थिक मुद्दामा गुगलले फ्रान्सको सरकारी निकायलाई १ अर्ब युरो तिर्न सहमति जनाएको थियो।

 

प्रतिक्रिया दिनुहोस