aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सानिमा माई हाइड्रोपावरको नाफा १३ प्रतिशतले वृद्धि गर्दै कमायो २३ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ बैशाख २०७६
सानिमा माई हाइड्रोपावरको नाफा १३ प्रतिशतले वृद्धि गर्दै कमायो २३ करोड

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड (Sanima Mai Hydropower Co.Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा २२ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा १३ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २० करोड २० लाख रुपैयाँ कमाएको थियो ।

२ अर्ब ३२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा माईले अन्य जगेडामा ६ करोड ९६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग छुटाएको छ । 

कम्पनीको ग्रस नाफा ७ दशमलव २४ प्रतिशतले बढेर ५४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । खुद संचालन मुनाफा ३ दशमलव ९५ प्रतिशतले बढेर ४४ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ ।

सानिमा माईको प्रतिशेयर आम्दानी ९ दशमलव ८८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय २२ दशमलव ९७ रुपैयाँ रहेको छ । कम्पनीको बजार शेयर मुल्य २ सय ४३ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस