aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पर्यटकका आँखा कहिल्यै नअघाउने क्यानजे भ्याली (फोटो फिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ पुस २०७६
पर्यटकका आँखा कहिल्यै नअघाउने क्यानजे भ्याली (फोटो फिचर)

काठमाडौं । लाङटाङ नेपालको राजधानी काठमाडौंबाट पश्चिममा रसुवा जिल्लामा रहेको तथा तिब्बतसँग जोडिएको एक पर्यटकिय क्षेत्र हो। यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय स्थलहरू रहेका छन।

काठमाडौंबाट छोटो र सजिलो पदमार्गमध्येमा लाङटाङ पनि एक हो । यही कारणले लाङटाङमा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । लाङटाङ जाने पर्यटकले एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सक्छन् ।

लाङटाङ जाने पर्यटक चेरर्कोरी, क्यान्जिन री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक रहेका छन । ५ हजार मिटर अग्लो चेरर्कोरीबाट एक दर्जन हिमाल देखिन्छन ।  लाङटाङ हिमाल (७२४६ मि) सँगै नेपाल र तिब्बतका दर्जनौं हिमश्रृंखला हेर्न पाइन्छ ।

क्यानजे भ्याली हुँदै गञ्जला पास (५२००मि) भएर हेलम्बु निस्कन लागि तीन दिन अरु छुट्याउनुपर्ने हुन्छ । तर, गन्जाला पास पार गर्न चाहनेका लागि खानपिन र बासको सबै व्यवस्थापन आफै गर्नुपर्ने पदयात्री विक्रम सिंह बताउँछन ।

नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको दृश्य हो यो । क्यानजेन भ्यालीको पदयात्रामा यसलाई अन्तिम गन्तव्य मानिन्छ ।

समुन्द्री सतहबाट ३ हजार ८ सय ५० मिटर उचाइमा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने क्यानजेन भ्याली लाङटाङ हिमाल हेर्नका लागि सबैभन्दा उपयुक्त स्थल हो ।

तस्विर/विक्रम सिंह

प्रतिक्रिया दिनुहोस