aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भ्रमण वर्ष: काठमाडौंमा २ बजेदेखि र्‍याली, सवारी आवागमनमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ पुस २०७६
भ्रमण वर्ष: काठमाडौंमा २ बजेदेखि र्‍याली, सवारी आवागमनमा  वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ । आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

रंगशालाको भ्रमण वर्ष उद्घाटन कार्यक्रमपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार, २ बजेपछि ठमेललगायत क्षेत्रबाट र्‍याली निस्किँदै छ । जसका कारण थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीदगेट, जमल, केशरमहल क्षेत्रको सवारी आवागमन प्रभावित हुने भएकोले वैकल्पिक रुट प्रयोग गरेर यात्रा गर्न  सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस