
दोश्रो संस्करणको ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’मा वेलकम एडभर्टाइजिङ एण्ड मार्केटिङ र जनता टेलिभिजन बिच खेल हुने भएको छ । खेल शुक्रबार दिउँसो सानेपाको फिल्ड फुटसलमा हुनेछ ।
तीन खेल जितेको वेलकम एडभर्टाइजिङ एण्ड मार्केटिङ पहिलो खेलमा मुक्तिनाथ विकास बैंकलाई ७–१, दोश्रो खेलमा मेडिसिटी हस्पिटललाई १–० र तेश्रो खेलमा अभानी एडभर्टाइजिङलाई ६–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुगेको थियो ।
त्यस्तै पहिलो खेलमा शिलापत्र डटकमसँग ३–१ ले पराजित भएको जनता दोश्रो खेलमा एबिसी टेलिभिजनलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । गोरखापत्र दैनिकले प्रतियोगितामा भाग नलिएपछि जनता दुई खेल खेलेर अन्तिम १६ मा प्रवेश गरेको हो ।
वैशाख २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले १ लाख, उप–विजेताले ७५ हजार, तेस्रो हुने टीमले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस