aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लुम्विनी भ्रमणवर्ष २०७६ जेठ ४ मा मनाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ बैशाख २०७६
लुम्विनी भ्रमणवर्ष २०७६ जेठ ४ मा मनाउने

प्रदेश नं. ५ सरकार २५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित लुम्विनी भ्रमणवर्ष २०७६ जेठ ४ गते मनाउने भएको छ । प्रदेश मुख्य मन्त्री शंकर पोखरेलले लम्विनीमा सम्पदाको संरक्षण तर्फ काम गरेको तर पर्यटनका हिसावले विकास गर्न नसकेको बताए । उनले भने ‘लुम्विनीमा संस्कृति महत्व बाहिर नसकेको र यस कार्यक्रम मार्फत संस्कृति झल्काउने बताए ।

यस कार्यक्रमका लागि अध्यागमन कार्यलयमा ीवागत गरेर लुम्विनी लैजाने जानकारी दिए । लुम्विनीम २ वटा सांस्कृत विश्वविद्यालय स्थापना गर्ने समेत उल्लेख गरे । उक्त कार्यक्रम उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय र लुम्विनी भ्रमण वर्ष कार्यक्रम २०७६ प्रसार प्रसार उप समितिले  संयुक्त रुपमा आयोजना गर्ने लागेको हो 

उक्त कार्यक्रममा २० देखि २५  लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको आयोजकले बताएको छ । भ्रमणको लागि प्रदेश सरकारले ४ करोड र अन्य व्यवसायीले पनि खर्च गर्ने भएका छन् । सय मेलाले सिङगो मुलुको र २०२० को  पर्यटकलाई समेत साथ दिने दावी गरिएको छ ।

 यस मेलाबाट राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा लुम्विनि क्षेत्रको प्रचार प्रसार भई क्षेत्रको महत्व बढ्ने र विकास हुने, लुम्विनि क्ष्ेत्रमा आउने पर्यटकको संख्या र उनिहरुको बसाई अवधिमा वृद्धि हुने, होटल ट्राभल एजेन्सी, यातायात लगायतका पर्यटन व्यवसायमा बृद्धि हुने र रोजगारी सृजना हुने अपेक्षा आयोजकले गरेको छ ।   

प्रतिक्रिया दिनुहोस