aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

६ अर्ब लागतमा निर्माणाधीन मिस्त्री खोला हाइड्राेकाे ४२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ पुस २०७६
६ अर्ब लागतमा निर्माणाधीन मिस्त्री खोला हाइड्राेकाे ४२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिदै

म्याग्दी । आयोजना सम्पन्न हुँदा ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको म्याग्दीमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत अबको डेढ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।

९५ प्रतिशत निर्माण पूरा भएको आयोजनाले फागुन पहिलो सातादेखि विद्युत उत्पादन सुरु गर्न लागेको हो ।

आयोजनामा नबिल बैंकको अगुवाइमा ६ वटा बैंक तथा वित्तिय संस्थाले ४ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

आयोजनाको दुईहजार दुइसय ७३ दशमलब ५ मिटर सुरुङ लामो मुख्य सुरुङमा लाइनिङको काम भईरहेको आयोजना व्यवस्थापकले जनाएको छ ।

सुरुङमा भौगर्भिक समस्या देखिएपछि विद्युत उत्पादन तालिका केही पछि धकेलिएको ब्यवस्थापक पक्षको दावी छ । यसअघि आयोजनाबाट गत भदौदेखि विद्युत उत्पादन गर्ने तालिका थियो ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत दाना सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ४ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैंले निर्माण सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस