
काठमाडाैं । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा राउटे नृत्य देखाउँदै शुरूअात गरेकाे छ । कर्णाली प्रदेशमा राउटे समुदायकाे सहभागितामा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको हाे ।
उद्योग वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा राउटे समुदायबाट कर्णाली प्रदेशको मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।
यस वर्ष कर्णालीमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा आमन्त्रण गरेको जनाएकाे छ ।
शुभारम्भ कार्यक्रममा हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो । यसैगरी, कर्णाली प्रदेश सरकारले कर्णालीमा बुधबार म्यागी डोयनलगायतका विदेशी पर्यटकलाई समेत सम्मान गरिएको छ। कार्यक्रममा कर्णालीको संस्कृति झल्कने विभिन्न प्रस्तुति पस्किएको थियो ।
प्रतिक्रिया दिनुहोस