aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल भ्रमण वर्ष २०२०काे पहिलाे गाँसमै ढुङ्गा, अष्ट्रेलियामा राेक्याे मन्त्री अधिकारीकाे टाेलीलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ पुस २०७६
नेपाल भ्रमण वर्ष २०२०काे पहिलाे गाँसमै ढुङ्गा,  अष्ट्रेलियामा राेक्याे मन्त्री अधिकारीकाे टाेलीलाई

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अन्तराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गर्ने भन्दै अष्ट्रेलियामा सडक र्‍याली शुरु गरेको अभियान टोलीलाई अष्ट्रेलिया सुरक्षा फौजले अबरोध पुर्‍याएको छ । 

पर्यटनमन्त्री योगेस भट्टराईले नेतृत्व गरेको नेपाली टोलीले अनुमति नलिइकन र्‍याली गरेकोले उनिहरुलाई रोकेको अष्ट्रेलियाका सुरक्षा अधिकारीलाई इंगित गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहहरुले जनाएको छ । 

सरकारको अनुमति नलिइकन आन्दोलन तथा र्‍याली सञ्चालन गर्ने बानी परेको नेपाली संस्कृति नेपाल भ्रमण वर्षको शुरुवातमै पर्यटनमन्त्री भट्टराईले नै अन्तराष्ट्रिय रुपमा देखाई दिएको छ । 

र्‍यालीमा पर्यटन मन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका नेपाली राजदूत महेशराज दाहाल, एनएसडब्ल्यूका नेपालका कन्सल जनरल दीपक खड्का र भिक्टोरिया चन्द्र योन्जोन लगाएतका सयौं संख्यामा सहभागी छन् ।

अष्ट्रेलियामा प्रमोशनल र व्यावसायिक फाइदाका लागि अधिकार सम्बन्धी कानून बमोजिम नभएकोले जुलूस निकाल्न नपाइने न्यू साउथ वेल्सका सरकारी अधिकारीहरुको दावी छ ।  र्‍यालीमा सहभागीहरुको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने समेत प्रहरीको तर्क थियो ।

सिडनीस्थित एकाउन्टेन्ट र गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको पूर्व कोषाध्यक्ष दीला खरेललाई आयोजकहरूले प्रहरी र अन्य सम्बन्धित अधिकारीहरूबाट अनुमति लिन काम सुम्पिए पनि उनिहरुले अनुमती नै नलिएका कारण झमेला उत्पन्न भएको जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय शुभारम्भ अष्ट्रेलियाबाट गर्न भन्दै मन्त्री भट्टराई सिड्नी गएका थिए । नेपाल भ्रमण वर्षको सुरुवात जनवरी १ तारिख (पुस १६ गते) काठमाडौंको दशरथ रंगशालाबाट गरिएको थियो । सोही दिन सातवटै प्रदेशमा पनि भ्रमण वर्षको उदघाटन गरिएको थियो ।

विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत भव्य कार्यक्रम शुभारम्भ गरिने योजना अनुरुप नै अष्ट्रेलियाबाट ¥यालीको आयोजना गरेको  नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस