
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गर्ने निर्णय गरेका तीन कम्पनी खारेज हुनबाट जोगिएका छन् । विहीबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्राधिकरणले खारेजी प्रक्रियामा पठाएका नेपाल स्याटलाइट, स्मार्ट टेलिकमम्यूनिकेसन र वेभ सर्फर टेलिकम्युनिकेसनको खारेजको निर्णय मन्त्रीपरिषदले बदर गर्ने निर्णय गरेको जानकारी गराएका हुन ।
साउन १७ गते प्राधिकरणको सञ्चाल समितिले रोयल्टी वापत प्राधिकरणलाई तिर्नुपर्ने शुल्क नतिरेको भन्दै तीनवटै कम्पनीको अनुमति खारेज गर्ने निर्णय गरेको थियो । साथै मन्त्रीपरिषदले उक्त कम्पनीको रोयल्टी बापतको बक्यौता पाँच किस्तामा तिर्न समेत निर्देशन दिएको छ ।
मन्त्रीपरिषदका अन्य निर्णयहरु
प्रतिक्रिया दिनुहोस