
काठमाडौं । काठमाडौंमा रहेका थारुले माघि खिचरी महोत्सव आयोजना गर्ने भएका छन् । थारु कल्याणकारिणी सभा काठमाडौंको आयोजनामा संचालन हुने माघी महोत्सव दुई दिन संचालन हुने आयोजकले बताएका छन् ।
महोत्सवमा पुर्व, मध्य र पश्चिमी थारुको भेषभुषा, खानाका परिकार, पुस्तक, गहना, नृत्य लगायतका कुराहरु प्रस्तुत गरिने आयोजकले बताएकोछ । महोत्सवमा झन्डै ५० हजार मान्छे सहभागी हुने आयोजकले दावी गरेको छ । टुँडिखेलमा आयोजना हुने कार्यक्रम निशुल्क हेर्न सकिने आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस