aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एटिएम मेसिन फोड्दै गर्दा रंगेहात पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ पुस २०७६
एटिएम मेसिन फोड्दै गर्दा रंगेहात पक्राउ

काठमाडौं । जाजरकोट त्रिवेणी नगरपालिका-६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटिएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा फेला पारी खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस