
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट भन्सार छलि ल्याउँदै गरेको करिब १९ लाख २५ हजार रुपैयाँ मुल्य बराबरको विभिन्न कम्पनीका ७५ थान मोबाइल शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५३४ नम्बरको बस जाँच गर्ने क्रममा बसको सिटमुनि लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल फक्राउ गरेको प्रहरीले जनाएको छ ।
बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानो गौचर पठाइएको उक्त प्रभागले जनाएको छ । Apple कम्पनीको Iphone-11 मोबाईल थान २, Oppo लेखिएको मोबाईल बिभिन्न मोडलको थान २२, Vivo लेखिएको मोबाईल थान ३६ , Redmi लेखिएको बिभिन्न मोडलको मोबाईल थान १३, Samsung लेखिएको मोबाईल थान २ समेत गरी जम्मा थान ७५, मोबाईलहरु बिल भर्पाई नभएको अवस्थामा बरामद गरीएको छ ।
प्रतिक्रिया दिनुहोस