
काठमाडौं । नेपाल वायुसेवा निगम(एनएसी)का अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । आइतबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष उनले राजीनामा पत्र बुझाएको मन्त्रालयले जनाएको हो ।
उनी ३१ भदौ २०७५ मा मन्त्रिपरिषद् बैठकबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको लक्ष्यअनुसार काम गर्न, नसके पद छाड्न भनेका थिए ।
प्रतिक्रिया दिनुहोस