aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बुद्ध एयरले राजविराजमा उडान भर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ माघ २०७६
बुद्ध एयरले राजविराजमा उडान भर्दै

काठमाडौं । माघ १८ गतेदेखि बुद्ध एयरले प्रदेश २ को महत्वपूर्ण शहर राजविराजमा नियमित उडान भर्ने भएको छ । 

काठमाडौंबाट ३५ मिनेटमा पुगिने राजविराजको सुरुवाती भाडा ३ हजार ६ सय रुपैँया तोकिएकोे छ ।

काठमाडौंबाट ११ बजेर २५ मिनेटमा र राजविराजबाट १२ बजेर २० मिनेटमा उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्ने जनाइएको छ । राजविराजमा एटीआर–४२ र एटीआर–७२ जहाज सञ्चालन गर्ने जनाएको छ । बुद्ध एयरसँग  हाल १३ वटा जहाज सञ्चालनमा छन ।

दैनिक उडानले पर्यटन प्रर्वद्र्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने बुद्ध एयरको विश्वास लिएको जनाएको छ । 

पर्यटकको आवतजावतसँगै स्थानीय स्तरमा रोजगारीको अवसर श्रृजना हुनुका साथै आर्थिक वृद्धि हुने अपेक्ष लिएको एयरलाइन्सले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस