
काठमाडौं । नेपालमा रहेको अग्रणी डीटीएच सेवा प्रदायक कम्पनी डीस होमले बच्चाहरुका लागि डीस होममा ‘राइम्स’ च्यानल ल्याएको छ । डीस होमले एउटा विशिष्ट च्यानल ‘राइम्स’मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको हो । यो २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल रहेको छ ।
च्यानल नं ८०९ मा यो च्यानल हेर्न सकिने डीस होमले जनाएको छ । यो च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्दछ ।
तसर्थ यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्दछ । आफ्नो दर्शकहरुद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको डीस होम च्यानलबाट पनि आफ्नो उद्देश्य पुरा गर्दै उत्कृष्ट हुनेछ भन्नेमा विश्वस्त छ ।
प्रतिक्रिया दिनुहोस