
काठमाडौं । इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले विद्युत प्राधिकरणले वृद्धि गररेको शुल्क तिर्न नसक्ने बताएपछि देशै भरीका इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध हुने चेतावनी दिएको छ ।
प्राधिकरणले हालै वृद्धि गरेको पूर्वाधार प्रयोग बापतको शुल्क व्यवसायीले तिर्न नसकिने अडान लिएपछि तार काटिने अवस्था आएको हो ।
प्राधिकरणले बढेको शुल्क नतिर्ने सेवा प्रदायकहरुको तार काटिने जनाएको छ । वर्षौदेखि प्राधिरकणको पोलसहितका पूर्वाधार प्रयोग गरिरहेका इन्टरनेट र टेलिभिजिन सेवा प्रदायकलाई न्यायसंगत शुल्क लगाइएको प्राधिरकणका प्रवन्ध निर्देशक कुलमान घिसिङले बताए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समन्वय समितिका संयोजक दिनेश सुवेदीले नेपाल विद्युत प्राधिकरणले तोकेको नयाँ दररेट अनुसार पोल भाडा तिरेमा इन्टरनेट र केबल टिभी सेवा महङ्गो हुन जाने बताए ।
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले यसबारेमा आफूहरु वार्तामा बस्न तयार भएपनि आफूहरुलाई बेवास्ता गरिएको बताए । उनले भने(कसैले पनि हाम्रो कुरा सुन्न चाहेको छैन ।
२०७५ साउन १ गतेदेनि सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत टेलिकम सर्भिस चार्ज भनेर शुल्क लगाएको छ, यसप्रति पनि व्यवसायीहरुले आपत्ति जनाएका छन् । विदेशी च्यानलहरु क्लिन फिड हुनु पर्ने प्रावधानले समेत अप्ठ्यारोमा पारेको संघका अध्यक्ष भट्टको भनाइ रहेको छ ।
एनसेल र टेलिकमले संसारकै महँगो मोबाइल डाटा बेचिरहेको उनले आरोप लगाए । उनले भने, 'नाफा ५० प्रतिशत भन्दा बढी हुन्छ, तर हामीले ७ प्रतिशत भन्दा बढी नाफा कमाएका छैनौ, हामीले वार्षिक १० अर्बको व्यापार गरेर ७०र८० करोड रुपैयाँ मात्र नाफा गरेका छौं।'
प्रतिक्रिया दिनुहोस