aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

इसेवाको नयाँ व्यावसायः अब रेमिटेन्स कारोबार गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ माघ २०७६
इसेवाको नयाँ व्यावसायः अब रेमिटेन्स कारोबार गर्ने

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले अब रेमिटेन्स कारोबार गर्ने भएको छ । नयाँ क्षेत्रमा आफ्नो व्यवसाय विस्तारको क्रममा ईसेवाले रेमिटेन्स क्षेत्रमा पनि हात हालेको हो ।  इसेवा मनी ट्रान्सफरलाई मंगलबार रेमिटेन्स कारोबार गर्नको लागी नेपाल राष्ट्र बैंकबाट अनुमति पनि पाएको छ । 

कम्पनीले रेमिटेन्स कारोबारका लागि अनुमति पाएसागै कम्पनीको प्रबन्ध निर्देशकको रुपमा अजेश कोइराला नियुक्त भएका छन् । प्रबन्ध निर्देशक कोइरालाका अनुसार अबको एक महिना भित्रै कम्पनीले उक्त सेवा सञ्चालन गर्नेछन । हालसम्म ईसेवाका ८० हजार एजेन्ट रहेका छन् । 

प्रतिक्रिया दिनुहोस