aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

होटल याक एण्ड यतिबाट १२ भारतीय नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ बैशाख २०७६
होटल याक एण्ड यतिबाट १२ भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

 नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
    
नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले गए राति होटलमा छापा मारेको थियो । त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई अहिले महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेहरुमा भारत लखनउ घर भएका वर्ष ३३ को अजित कुमार सिंह, भारत इलाहावाद  घर भएका वर्ष ३२ को मोहमद सारजिल, भारत छत्तिसगढ घर भएका वर्ष ४५ को निरज कुमार मिश्र, भारत उत्तरप्रदेश घर भएका वर्ष ४३ को अशोक कुमार, भारत छत्तिसगढ घर भएका वर्ष ४३ को गिरि उपाध्याय रहेको छन् । 

यस्तै भारत उ१र प्रदेश घर भएका वर्ष ४० को रमेश रामा, छत्तिसगढ गुजरात घर भएका वर्ष २२ को आयुष उपाध्याय, उत्तर प्रदेश घर भएका वर्ष ३८ को सुनिल उपाध्याय, उत्तरप्रदेश घर भएका वर्ष ३२ को काशिफ सकिल, वर्ष ३२ को गजेन्द्र कुमार सिंह र नयाँदिल्ली घर भएका वर्ष ४३ को रसिद नसिम पक्राउ परेका हुन । 

प्रतिक्रिया दिनुहोस