
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयलाई विभिन्न शिर्षकमा तिर्न पर्ने बक्यौता रकम २ अर्ब २१ करोड ४२ लाख ६१ हजार २ सय ८२ रूपैयाँ रहेको देखिएको छ । असार मसान्तसम्ममा २ अर्ब ६६ करोड ६४ लाख ७३ हजार ३ सय ७१ रूपैयाँ रकममध्ये पुष मसान्तसम्ममा आइपुग्दा त्यो रकम बढेर ३ अर्ब ८३ करोड ८० लाख ६ हजार २७ रूपैयाँ पुगेको मध्ये ४ अर्ब २८ करोड ३० लाख १८ हजार १ सय १८ रूपैँया तिरेको छ भने अब २ अर्ब २१ करोड ४२ लाख ६१ हजार २ सय ८२ रूपैँया तिर्न बाँकी रहेको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार २७ वटा अन्तर्राष्ट्रिय विमा कम्पनीले नेपालमा उडान गर्ने वायुसेवा कम्पनीको असारसम्ममा १ अर्ब ७ करोड ९८ लाख ५० हजार ७ रूपैयाँ बक्यौता रहेकोमध्ये पुष मसान्त उक्त रकम थप भई ३ अर्ब ३२ करोड ६२ लाख १६ हजार ५ सय ९८ रूपैयाँ पुगेको छ । उक्त विमा कम्पनीहरुले पुष मसान्तसम्ममा ३ अर्ब ६९ करोड २३ लाख ७ हजार ६ सय ११ रूपैया तिरेपछि पनि ७१ करोड ३७ लाख ५८ हजार ९ सय ९४ रूपैयाँ तिर्न बाँकी रहेको नागरिक उड्यान प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौडेलले जानकारी दिए ।
आन्तारिक उडान गर्ने १९ वटा वायुसेवा कम्पनीले असार मसान्तसम्ममा ८ करोड २७ लाख १४ हजार ७ सय ५९ रूपैयाँ रकम तिर्न बाँकी थियो । हाल उक्त रकम बढेर २४ करोड ३१ लाख ७८ हजार ४ सय २२ रूपैयाँ पुगेको छ । पुष मसान्तसम्ममा ३१ करोड २७ लाख १४ हजार २ सय १६ रूपैया भने विमान कम्पनीहरुले रकम बुझाएका छन । अझै पनि १ करोड ३१ लाख ७८ हजार ९ सय ६५ रूपैँया तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
केही विमान कम्पनी बन्द भएकाले पनि शुल्क बुझाएका छैन । बन्द भएका २० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको असारसम्ममा २७ करोड २६ लाख ६६ हजार ८ सय ८१ रूपैयाँ बक्यौता रहेको प्राधिकारणले बताएको छ । यो विचमा २ लाख २५ हजार ५ सय ८४ रूपैँया मात्र बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणलाई तिर्न बाँकी रकम मध्ये पुष मसान्तसम्ममा १ करोड १२ लाख ९२ हजार ५ सय ६४ रुपैयाँ तिरेका र अब २६ करोड १५ लाख ९९ हजार ९ सय १ रुपैयाँ रकम तिर्न बाँकी रहेको छ ।
त्यसैगरी बन्द भएका १२ वटा आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीको असारसम्ममा ८ करोड ४३ लाख ७५ हजार १ सय ८४ रूपैँया बक्यौता रकम बाँकी रहेको छ ।
त्यस्तै १९ वटा सरकारी कार्यलयहरूले पनि बक्यौता रकम तिरेका छैनन् । १९ वटा कम्पनीको असार मसान्तसम्ममा ५६ करोड ७८ लाख ७८ हजार २ सय ४६ रूपैँया मध्ये पुष मसान्तसम्ममा ८७ करोड २१ लाख ८१ हजार ३ सय रूपैयाँ तिर्न बाँकी रहेको छ । त्यसमध्ये पुष मसान्तसम्ममा ९करोड २२ लाख ६५ हजार ९ सय १६ रूपैया तिरेको छ भने अब ५६ करोड २८ लाख ३० हजार ४ सय ३३ रूपैँया तिर्न बाँकी रहेको छ ।
सञ्चालन गरिरहेका संघसंस्थाहरू
यस्तै, विमानस्थलमा सञ्चालनमा रहेका पसल र रेस्टुराले पनि भाडा तिरेका छैनन ्। ८१ वटा पसल तथा रेष्टुराहरुको असार मसान्तसम्मको ४२ करोड ५८ लाख २ हजार ४ सय १२ रूपैयाँ रकम तिर्न बाँकी रहेको थियो । पुष मसान्तसम्ममा आउँदा उक्त रकममा थप १७ करोड ३९ लाख ६७ हजार ३ सय १९ रूपैया पुगेको छ । यस रकममध्ये पुष मसान्तसम्ममा सञ्चालन गरिरहेका संघ संस्थाहरूले १७ करोड ४३ लाख ९३ हजार ३ सय ६१ रूपैँया मात्र तिरेका छन । ती पसलहरुले पनि अझै ४२ करोड ५३ लाख ७६ हजार ३ सय ६९ रूपैयाँ तिर्न बाँकी रहेको छ ।
त्यसैगरी सञ्चालन नभएका ४० वटा संघसंस्थाहरूको असार सम्ममा १५ करोड ३१ लाख ८५ हजार ८ सय ८० रूपैँया रकम तिर्न बाँकी रहेको मध्ये उक्त संघसंस्थाले ४४ हजार ४ सय ४८ रुपैँया तिरेका छ भने अब १५ करोड ३१ लाख ४१ हजार ४ सय ३१ रुपैया तिर्न बाँकी रहेको छ ।
विमानस्थलमा अन्तराष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीको बक्यौता रकम ७० करोडभन्दा बढि रहेको प्राधिकरणले जनाएको छ । सामान्यतया विमानस्थल प्रयोग गरेबापत वायुसेवा कम्पनी र त्यहा सञ्चालनमा रहेका पसलहरुले विमानस्थल कार्यालयलाई शुल्क तिर्नेगर्छन् ।
वायुसेवा कम्पनीले ३० दिनभित्र शुल्क बुझाइसक्नु पर्ने नियम रहेको छ । तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेका वायुुसेवा कम्पनीसहित ३० वटा कम्पनीले लामो समयदेखि विमानस्थल शुल्क भुक्तानी नै गरेका छैनन्।
त्रिभुवन विमानस्थल बाहेक सबै विमानस्थल घाटामा
नेपालमा रहेको त्रिभुवन विमानस्थल बाहेक सबै विमानस्थलहरू घाटामा गएको देखाइएको छ । प्राधिकरणले नाफा मात्र नभइ सेवा दिने उद्देश्यले व्यवसायलाई अगाडि बढाएको हुनाले घाटा व्यहोर्नु पर्ने नेपाल नागरिक उड्यान प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
उनले भने ‘ प्राधिकरणले सेवा पनि दिएका हुन्छौ । हामीलाई काम गर्नुपर्ने दायित्व पनि रहेको छ । नेपालमा रहेको त्रिभुवन विमानस्थल बाहेक सबै विमानस्थलहरु घाटामा गएका छन् । अरु लुक्ला, पोखरा, विराटनगर भरतपुर जस्ता विमानस्थलमा अप्रेसन कष्ट मात्र उठाउछन ठुलो लगानी भनेको त्रिभुवन बिमान स्थलबाटै गर्नुपर्ने हुन्छ ।’
आन्तरिक फ्लाइटहमा भाडा रेट कम छ एउटा आन्तरिक जहाज ल्याण्ड गरेर २,३ हजार लिएर बिमानस्थलको लगानी उठाउन नसकिने उनले बताए । विमानस्थलमा कर्मचारीदेखि अन्य कुराहरुको व्यवस्था मिलाउनु पर्ने हुन्छ त्यसमा ठूलो लगानी हुन्छ, ठूलो क्षेत्र भएकोले पैसा उठाउन गाह्रो हुने उनको तर्क छ ।
भ्रमण वर्षमा ४ वटा जहाज
नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० मा चारवटा जहाज आउने भनेको मध्ये एक वटा जहाज नेपाल आइसकेको प्राधिकरणले जनाएको छ । अहिले नेपालमा कुबेतबाट जजिरा विमान कम्पनीले नेपालमा उडान भर्ने तयारी गरेकोे छ भने अब भिस्तारा, गोर्याली, इस्पाइजेठ विमान भारतबाट आउने भएका छन । यी विमान कम्पनीले नेपालमा ४ महिनामा नेपाल आइसक्ने क्षेत्रिले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस