aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पोखरा जान श्री एयरलाइन्समा यति सस्तो भाडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ माघ २०७६
पोखरा जान श्री एयरलाइन्समा यति सस्तो भाडा

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँसम्मका लागि भाडा दर रु दुई हजार ६०० कायम निर्धारण गरेको छ । काठमाडौँ–पोखराका लागि भने रु दुई हजार भाडा कायम गरिएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ ।

आन्तरिक उडानमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौँको भाडा दर अहिलेसम्म कै सबैभन्दा कम राखेको हो । पोखरामा एकाधिकार जमाएका दुई ठूला वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको पोखराबाट काठमाडौँ आउँदा रु पाँच हजार ५० सम्म भाडा दर थियो । 

श्रीले यही शुक्रबारदेखि पोखरामा टर्वोपर्प जहाजबाट सेवा दिने भएको छ । कम्पनीको ८० सिट क्षमताको जहाजले यसअघि नै परीक्षण उडान सफल गरिसकेको छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिनाअघि नयाँ टर्बोप्रोप क्यू–४०० जहाज भित्र्याएको थियो । 

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले पर्यटकीय क्षेत्रको व्यावसायिक सम्भावना तथा यात्रुको सुविधालाई मध्यनजर गरी पोखरामा सेवा विस्तार गर्न लागिएको बताउनुभयो । खासगरी, जनकपुर, सिमरा, भरतपुर, पोखरालगायत साना एयरपोर्टबाट सेवा दिने गरी यी जहाज ल्याइएको हो ।  

श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ । कम्पनीसँग सिआरजे २०० र दुई  सिआरजे ७०० गरी पाँच जहाज छन् । एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो । 

प्रतिक्रिया दिनुहोस