aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काठमाडौं–पोखरा मोटर ¥याली हुने, प्रथम हुनेलाई कतार एयरको टिकट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ माघ २०७६
काठमाडौं–पोखरा मोटर ¥याली हुने, प्रथम हुनेलाई कतार एयरको टिकट

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यही माघ २३ गते काठमाडौँ–पोखरा मोटर ¥याली आयोजना हुने भएको छ । भ्रमण वर्षमा मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धन तथा क्यान्सर रोगबारे जनचेतना फैलाउने उद्देश्यले सातौँ अमेजिङ मोटर ¥याली आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
    
केजीएच फाउन्डेसन र रोटरी क्लब अफ काठमाडौँको सहयोगमा उक्त ¥याली आयोजना गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डबाट शुरू हुने ¥याली साँझ पोखरा पुगेर समापन हुनेछ । ¥यालीमा ४५ वटा गाडीको सहभागिता रहने ¥यालीका संयोजक दिवाकर राजकर्णीकारले जानकारी दिए । ¥यालीमा सहभागी हुन रु १२ हजार शुल्क लाग्नेछ भने गाडीमा चार जना व्यक्तिभन्दा बढी बस्न पाइने छैन । सहभागीको गाडीमा ‘ट्र्याकिङ डिभाइस’ जडान गरी ‘स्पिड’ जाँच गरिन्छ । गाडीको ८५ किलोमिटरभन्दा बढी स्पिड भएमा प्रतियोगिताबाट बाहिरिनुपर्ने जनाइएको छ ।
    
¥यालीको कार्यक्रम सकेपछि भोलिपल्ट रोटरी क्लबले सराङकोटमा रहेको जनजागृति विद्यालयमा स्वास्थ्य शिविर आयोजना गर्नेछ भने विद्यार्थीलाई झोला तथा स्कुलमा स्टेसनरी वितरणसमेत गर्नेछ । आयोजकका अनुसार ¥यालीमा सहभागी प्रथम, द्वितीय र तृतीय हुनेलाई उचित पुरस्कार दिइनेछ । प्रथम हुनेलाई कतार एयरले एउटा हवाई टिकट, द्वितीय र तृतीयलाई बुद्व एयरको माउन्टेन उडानको टिकट दिइनेछ ।

प्रतिक्रिया दिनुहोस