aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

चौधरी ग्रुपको सिजी कम्युनिकेसनलाई दिएकाे दूरसञ्चार लाइसेन्स खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ माघ २०७६
चौधरी ग्रुपको सिजी कम्युनिकेसनलाई दिएकाे दूरसञ्चार लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सिजी कम्युनिकेसनको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले आइतबारबाट लागू हुने गरी सिजीको लाइसेन्स खारेज गरेको हो । 

चौधरी समूहअन्तर्गतको कम्पनीलाई ७ जिल्लामा दिइएको लिमिटेड मोबिलिटी सर्भिस बेस्ड अन वायरलेस टेलिकम्युनिकेसन्स सेवाको अनुमतिपत्र कानुनअनुसार नवीकरण दस्तुरसहित निवेदन पेश नगरेकाले स्वत: रद्द भएको प्राधिकरणले जनाएको छ । 

सूचनामा भनिएकाे छ 'यस प्राधिकरणबाट सी.जि. कम्युनिकेशन प्रा.लि.(तत्कालिन एस.टि.एम.टेलिकम सञ्चार) प्रा.लि.लाई मिति २०६६।१०।१९ मा देहाय बमोजिमको ७ जिल्लाहरुमा प्रदान गरिएको Limited Mobility Service Based on Wireless Telecommunications सेवाको अनुमतिपत्र नवीकरणका लागि नियमानुसार नवीकरणका दस्तुर सहित निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्रहरु दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) वमोजिम मिति २०७६।१०।१९ देखि लागू हुने गरी स्वतः रद्द भएको व्यहोरा उपभोक्ता एवं सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

प्राधिकरणले सिजीलाई बागलुङ, पाल्पा, कञ्चनपुर, डडेलधुरा, बैतडी, बर्दिया र दैलेखका लागि लाइसेन्स दिएको थियो। २०६६ साल माघ १० गते सिजीलाई दिइएका यी लाइसेन्स १० वर्षपछि स्वतः खारेज भएका हुन् । 

प्रतिक्रिया दिनुहोस