aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हवाई पूर्वाधारका लागी २ वर्षमा ८९ अर्ब सकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ माघ २०७६
हवाई पूर्वाधारका लागी २ वर्षमा ८९ अर्ब सकियो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्ला २ वर्षमा हवाई पूर्वाधारको लागि ८९ अर्ब रुपैयाँ खर्च गरेको छ । विभिन्न अन्तर्रा्ष्ट्रिय र आन्तरिक विमानस्थलको पूर्वाधार निर्माणमा यो रकम खर्च भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले २ वर्षमा अन्तर्रा्ष्ट्रिय विमानस्थलको लागि जग्गा अधिग्रहणमा ३३ अर्ब रुपैयाँ र पूर्वाधार निर्माणमा ५० अर्ब रुपैयाँ खर्च भएको बताए । उनले आन्तरिक विमानस्थलको लागि जग्गा अधिग्रहणमा १ अर्ब र पूर्वाधार निर्माणमा ६ अर्ब रुपैयाँ खर्च भएको बताएका छन् । 

 त्यस्तै, नागरिक उड्डयन प्राधिकरणले अबको ५ वर्षमा हवाइ पूर्वाधारको लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ चाहिने जनाएको छ । प्राधिकरणका अनुसार अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको लागि जग्गा अधिग्रहणमा ५ अर्ब रुपैयाँ आवश्यक पर्नेछ भने पूर्वाधार निर्माणमा २ खर्ब ५० अर्ब रुपैयाँ चाहिनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अबको ५ वर्षमा अन्तर्रा्ष्ट्रिय विमानस्थलतर्फ खर्च हुने २ खर्ब ५० अर्ब रुपैयाँमध्ये १ खर्ब ५० अर्ब रुपैयाँ निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा खर्च हुने जनाएको छ । यस्तै ४० देखि ५० अर्ब रुपैयाँ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको विस्तारमा लाग्ने र अरु रकम गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलमा खर्च हुनेछ। अबको ५ वर्षमा आन्तरिक विमानस्थलको लागि ८० अर्ब ६० करोड रुपैयाँ खर्च हुनेछ । 

यसमध्ये जग्गा अधिग्रहण गर्न ३४ अर्ब ६० करोड खर्च हुनेछ भने विमानस्थलको पूर्वाधारमा ४६ अर्ब रुपैयाँ खर्च गरिने प्राधिकरणले जनाएको छ । हाल देशभर ५४ वटा विमानस्थल रहेका मध्ये ३२ वटा मात्रै सञ्चालनमा रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस