aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

'विज्ञान र प्रविधिको विकास सम्मृद्धिसँग जोडिन्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ माघ २०७६
'विज्ञान र प्रविधिको विकास सम्मृद्धिसँग जोडिन्छ'

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको विकासलाई प्रदेशको संमृद्धिसंग जोडेर लैजानु पर्ने बताएका छन । विराटनगरमा विहीबारदेखि सुरु ‘संमृद्धिका लागि एकिकृत जैविक स्रोत’ विषयक जीव वैज्ञानिकहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले  प्रदेश सरकारले विज्ञान र प्रविधिलाई प्राथमिकतामा राखेका हुन । उनले विज्ञान र प्रविधिमा नयाँ पुस्ता निमार्णका लागि प्रदेशमा माध्यमिक विद्यालयहरुबाट शुरु गरेको जानकारी गराउँदै २९ वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिसकेको बताए । 

प्रदेश सरकारले विज्ञान र प्रविधिमा आधारित उद्योगहरूको स्थापना र प्रोत्साहन गर्ने नीति प्रदेश सरकाले लिएकाले जीव विज्ञान र प्रविधिका क्षेत्रमा भएका खोज अनुसन्धानको सहयोग लिएर प्रदेश सरकार संमृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने बताए । उनले वातावरणको संरक्षण, जलवायु परिवर्तन र कार्वन संचेतीकरण जस्ता विषयमा प्रदेश सरकारले योजनावद्ध रुपमा काम गरिरहेको बताउँदै यस्ता विषयका खोज अनुसन्धान गरी सरकारलाई सहयोग गर्न वैज्ञानिकहरुलाई आग्रह गरे । 

प्रदेशमा १ मा रहेका विभिन्न ठाउँलाई जैविक विविधताका केन्द्रका रुपमा विकास गर्न प्रदेश सरकारले काम गरिरहेको बताउँदै यसबाट यस क्षेत्रको पर्यटनमा समेत विसका पुग्ने बताए । उनले देशभरबाट भेला भएका जीव बैज्ञानिकहरुलाई प्रदेश नं १ का पर्यटकीय क्षेत्रको अवलोकन गरेर मात्र फर्कन पनि आग्रह गरे । 
 


 

प्रतिक्रिया दिनुहोस