
झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले काँकडभिट्टामा खुलेको हिकोला हेरटेज होटलको आज उद्घाटन गरेका छन । सो अवसरमा उनले मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा पर्यटन क्षेत्रले योगदान दिएको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश न १ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।
होटल सञ्चालक देवीभक्त श्रेष्ठले नेपाल आउने पाहुनालाई देशको पूर्वीद्वार काँकडभिट्टामा स्वागत तथा सत्कार गर्न हिकोला हेरिटेज प्रतिबद्ध रहेको बताए । होटलमा रु पाँच करोड लगानी भएको, सुविधासम्पन्न २१ कोठा र २०० मानिस अट्ने क्षमताका दुई सभाहल रहेका उहाँले जानकारी दिए । विसं २०४२ मा हिकोला कलरल्याब स्थापना गरेर फोटोग्राफी र कलरल्याब व्यवसायमा लाग्नुभएका उहाँ साहित्य चौतारी झाापाका संस्थापक अध्यक्ष एवं संरक्षक रहेका छन ।
साहित्य र गायनमा स्थापित श्रेष्ठको ‘जाउँजाउँ अर्जुन धारा जाउँ’ स्वरको भजन अति लोकप्रिय रहेको छ । विसं २०७२ मा विर्तामोडमा ‘हिकोला हेरिटेज’ नामक होटल स्थापना उनले सोही नामको अर्को होटल काँकडभिट्टामा सञ्चालन गरेका हुन ।
प्रतिक्रिया दिनुहोस