aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

३६ रनको लक्ष्य पाएकाे नेपाललाई दोस्रो झड्का, खकुरेलले खाता नखोल्दै आउट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
३६ रनको लक्ष्य पाएकाे नेपाललाई दोस्रो झड्का, खकुरेलले खाता नखोल्दै आउट

काठमाडौं । आईसीसी एक दिवशीय विश्वकप लिग टू अन्तर्गत अहिले नेपाल र अमेरिका प्रतिष्पर्धामा छ । बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेको नेपालले ब्याटिङमा भने खराब सुरुवात गरेको छ ।

नेपालले सुरुमै दुई जना ओपनरलाई गुमाएको छ । दोस्रो ओभरको दोस्रो बलमा नोस्थुस केन्जिगेको बलमा बोल्ड भए । ज्ञानेन्द्रले एक रन बनाएका थिए । दोस्रो ओभरकै पाँचौं बलमा सुवाष खकुरेल पनि बोल्ड भए । उनले खाता नै खोल्न पाएनन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका अहिले ब्याटिङ गरिरहेको छ । नेपालले जितका लागि ३६ रनको लक्ष्य पाएको छ ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा भैरहेको त्रिकोणात्मक शृंखलामा अमेरिका नेपालसँग ३५ रनमा अल आउट भएको थियाे ।

नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन भारीले चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो  । सन्दीपले ६ र भारीले ४ विकेट लिए ।

दोस्रो ओभरमा बलिङमा आएका सन्दीपले ओभरको अन्तिम बलमा अमेरिकाका इन हल्याण्डलाई आउट गराई पहिलो विकेट लिएका थिए । 

सुशन भारीले सातौं ओभरमा बलिङमा आएका सुशन भारीले पहिलो बलमा नै विकेट लिए । उनले २२ बलमा १६ रन बनाएर खेलिरहेका जेभियर मार्शललाई पारस खड्काको हातबाट क्याचआउट गराएका हुन् ।

आठौं ओभरको दोस्रो बलमा मनाङ्क पटेललाई बोल्ड आउट गरे । त्यसैगरी यसै ओभरको पाँचौं बलमा निसर्ग पटेललाई पनि बोल्ड आउट गरे । 

खेलमा सुशन भारीले नेपाललाई पाँचौँ सफलता दिलाए । नवौँ ओभरको तेस्रो बलमा एरोन जोन्सलाई बोल्ड आउट गरेका हुन् । 

सन्दीपले ९.५ ओभरमा अमेरिकाको छैटौं विकेट लिए । सुशन भारीले ११ औं ओभरकार पहिलो र अन्तिम बलमा थप २ विकेट लिए । 

१२औं ओभरको तेस्रो बलमा सन्दीपले ९औं विकेट लिए भनेअन्तिम बलमा १० औं विकेट लिए ।

प्रतिक्रिया दिनुहोस