aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईसीसी एक दिवशीय क्रिकेटमा नेपालकाे विश्व कीर्तिमान, अमेरिका आठ विकेटले पराजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
आईसीसी एक दिवशीय  क्रिकेटमा नेपालकाे विश्व कीर्तिमान, अमेरिका आठ विकेटले पराजित

काठमाडाैं । आईसीसी एक दिवशीय  क्रिकेटमा विश्व कीर्तिमान बनाउँदै नेपालले अमेरिकालाई हराएकाे छ । नेपालले नयाँ कीर्तिमान कायम गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकालाई आठ विकेटले पराजित गराउँदै हराएकाे हाे । 

अमेरिकालाई ३५ रनमा अलआउट गर्दै बराबर गरेको नेपालले विजय लक्ष्य १० ओभरमा दुई विकेट गुमाएर हात पार्न सफल भएकाे हाे । विजयका लागि पूर्वकप्तान पारस खड्का २० रनमा र उपकप्तान दीपेन्द्रसिंह ऐरीले १५ रनमा नटआउट रहे । कप्तान ज्ञानेन्द्र मल्ल एकमा र सुवास खकुरेल शून्यमै आउट भएका थिए ।

स्पिनर सन्दीप लामिछानेले छ र सुसन भारीले चार विकेट लिएपछि कीर्तिपुर मैदानमा आयोजित विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा अमेरिका न्यूनतम रनमा समेटिएको थियो ।

श्रीलङ्काले सन् २००४ मा जिम्बाब्वेलाई ३५ रनमा सीमित पारेर बनाएको कीर्तिमानको नेपालले बराबरी गरेको हो । तर जिम्बाब्वेले १८ ओभर खेलेको थियो भने अमेरिकाले १२ ओभर मात्रै खेल्यो ।

यो सबैभन्दा कम बलमा विपक्षी टोलीलाई आउट गरेको नयाँ कीर्तिमान हो । यसअघि यो कीर्तिमान अफगानिस्तानले सन् २०१७ मा जिम्बाब्वेलाई १३।५ ओभरमा ५४ रनमा अलआउट गरेर बनाएको थियो ।

लामिछानेले छ ओभर बलिङ गर्दै १६ रन दिएर छ विकेट लिए। यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो बलिङ हो ।

भारीले तीन ओभरमा पाँच रन दिँदै चार विकेट लिए जुन नेपाली खेलाडीको तेस्रो राम्रो बलिङ हो । अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यसअघि भएको अर्को खेलमा पनि नेपालले अमेरिकालाई हराएको थियो । तर ओमानसँग भएका दुवै खेलमा पराजित भएको थियो ।

नेपाल कुन स्थानमा ?

ओमानभने लिगमा सवै खेल जित्दै शीर्ष स्थानमा पनि उक्लिएको छ । ओमानले १० मध्य ८ खेलमा जीत र २ खेलमा पराजित हुँदै १६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । नेपाल आउनु अघि दोस्रो स्थानमा रहेको ओमान यहाँ भएका सबै चार खेल जित्दै शीर्ष स्थानमा उक्लिएको हो ।

यस्तै अमेरिका दोस्रो स्थानमा झरेको छ । १२ खेल खेलेको अमेरिका नेपाल आउन अघि शीर्ष स्थानमा थियो । तर नेपाल र ओमानसँग सबै खेल गुमाए पछि दोस्रो स्थानमा झरेको हो । अमेरिकाले १२ मध्य ६ खेलमा जीत र ६ खेलमा हारको सामना गर्दै १२ अंक बनाएको छ । ८ खेल खेलेको स्कटल्याण्ड ९ अंकसहित तेस्रो स्थानमा छ । स्कटल्याण्डले ४ मा जित र तीन खेलमा पराजित भएको छ भने एक खेल अनिर्णीत भए पछि ९ अंक बनाएको हो ।

लिग २ खेल्ने सात टिम मध्य शीर्ष तीन टिम आईसीसी विश्वकपका लागि छनोट हुने प्रावधान रहेको छ । पुछारका चार टिमले भने विश्वकपका लागि छनोट चरण पार गर्नुपर्ने छ ।

तालिकामा चौथो स्थानमा छ । अहिलेसम्म ७ खेल मध्य चार खेलमा जित हात पारेको नामेवियाको ८ अंक छ । यस्तै पाँचौं स्थानमा युएई रहेको छ । युएईले ७ मध्य तीन खेलमा जीत हात पार्दा तीन खेलमा पराजित भएको छ भने एक खेल अनिर्णित भएको थियो । उसको सात अंक छ ।

यस्तै नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ । घरेलु भूमिमा भएको त्रिकोणात्मक सिरिजका दुई खेलमा नेपाल ओमानसँग पराजित भयो । नेपालले अरु २ खेल अमेरिकलाई जित्दै तालिकमा चार अंक बनाएको हो ।
सातौं स्थानमा पपुवा न्युगिनी रहेको छ । पपुवा न्युगिनीले खेलेका आठ वटै खेलमा पराजित भएको छ । उसले अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस