
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगमको नारिता उडानबारे निगमको निर्धारित उडान तालिका बदलियो भन्नेबारेमा भ्रममा नपर्न भनेका छन ।
नयाँ सडकस्थित निगम मुख्यालयमा बुधबार आयोजित कार्यक्रमका पदभार ग्रहण गर्दै उनले निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउने र निगम बुझेका कर्मचारीले संस्थाको सुधारमा कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्न आग्रह गरे ।
सचिव अधिकारीले विश्वमा पर्यटन व्यवसाय तीव्र प्रतिस्पर्धामा गएकाले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिए ।“निगममा सरकारको लगानी भएकाले यसको हेरविचार पनि सरकारले नै गरिरहेको छ ता पनि भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धि पूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिने बताएका छन।
निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकाले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गर्नुभयो । उक्त अवसरमा विभिन्न विभागका निर्देशकले आ–आफ्नो क्रियाकलाप र प्रगतिबारे जानकारी गराए ।
नेपाल वायुसेवा निगमले आगामी फागुन १९ गतेदेखि जापानको नारितामा गर्न लागेको उडान तालिकामा कुनै परिवर्तन नगरेको र सोही दिनदेखि उडान थालिने विश्वास दिलाएको छ ।
प्रतिक्रिया दिनुहोस