
काठमाडौं । यूनिभर्सल पावर कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कम्पनीले रू. ३ करोड २ लाख नाफा कमाएको हो ।
यो नाफा पहिलो त्रैमासमा रू. १ करोड ५३ लाख थियो । कम्पनीको जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेकोले आयोजनाको व्यापारिक उत्पादन शुरु भइनसकेको हुनाले विद्युत विक्री आम्दानी रहेको छैन ।
हाल कम्पनीले दोलखा जिल्लामा अवस्थित खारे खोलामा निर्माण गरिरहेको ११ मे.वा. को जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीले कसुवा खोला जलविद्युत आयोजना ४५ मे.वा निर्माण गर्न लगानी गर्ने सम्झौतासमेत गरेको छ । चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ७ करोड ४७ लाख छुट्याएको छ ।
प्रतिक्रिया दिनुहोस