
काठमाडौं । कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंको आयोजनामा फागुन २ गते (सुक्रबार)देखि ७ गते (बुधबार)सम्म चल्ने ‘क्यान इन्फोटेक २०२०’मा अवलाेकन कर्ताहरूकाे उत्साहा पाँचाै दिनमा पनि उत्तिकै रहेकाे छ । मुलुककै ठूलो सूचना प्रविधि सम्बन्धी प्रदर्शनीको रूपमा मानिएकाे प्रविधि सम्बन्धि प्रदर्शनीमा रहेका १७४ स्टलहरू रहेका छन् ।
स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गरिरहेका छन् । इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिष्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, क्वावोट, पुसवोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिपष्पर्धा पनि गरिरहेकाे छ ।
रोबोट र ड्रोनबाट गरिने प्रदर्शनीको उद्घाटन पनि सूचना प्रविधि मेलाको विशेष आकर्षण रहेकाे छ भने गेमिङ पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियन्ससीप आयोजना मा युवाहरूकाे जमघट उत्तिकै बाक्लाे उपस्थिती रहेकाे छ ।
क्यान महासंघका महासचिव नारायण थापाका अनुसार यस पटकको क्यान इन्फोटेकमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री गरिरहेका छन् । त्यसैगरी आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि मेलामा रहने छन् । फागुन ४ गतेलाई ‘बिजनेस डे’काे रूपमा मनाएकाे थियाे ।
क्यान इन्फोटेकको यो संस्करणको प्रवेश शुल्क १०० रुपियाँ राखिएको छ । विधार्थीहरुले ५० प्रतिशत छुट पाएका छन् । सामुदायिक तथा सरकारी कलेजका विधार्थी, सञ्चारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुले निःशुक्क प्रवेश पाउने छन् ।
अवलोकनकर्ताले प्रभु पे बाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनी स्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने आयोजकले जनाएका छन् ।
उक्त प्रदर्शनीको टाइटल स्पोन्सर प्रभु पे रहेको छ । एशोसियट स्पोन्सरमा बल्र्डलिंक कम्युनिकेशन, प्लाटिनम स्पोन्सरमा एनसेल र डायमण्ड स्पोन्सरमा भायानेट कम्युनिकेशन रहेको छ ।
त्यसैगरी स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिस्ट्रिब्युशन गोल्ड स्पोन्सर रहेका छन् । जिनिस सोल्युशन, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस पावर बीपीई सिल्भर स्पोन्सर रहेका छन् । बे्रन डिजिट आईटी सोलुशन डिजिटल पार्टनर रहेको आयोजकले जनाएको छ ।
यसैगरी क्रियटिभि पार्टनरमा आरआर श्री स्कूल अफ टेक्नोलोजी, गेमिङ पार्टनर ओसियन कम्प्युटर तथा अफिसियल सञ्चार संस्थामा प्रविधि पत्रकार मञ्च र अफिसियल ट्राभर पार्टनर बीएन होलिडेज रहेको छ ।
प्रदर्शनीलाई सफल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल मोबाइल डिस्ट्रिब्यूटर्स एशोसियशन र एशोसियशन अफ इञ्जिनियरिङ कलेज नेपालले सहयोग गरेका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय संस्था असोसियो र बिट्साले पनि सहयोग गरेकाे अायाेजक पक्षले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस