
काठमाडौं । डिशहोमले “DishHomeमा Dealer दाईको Discount” नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र बिजेता घाेषणा गरेकाे छ ।
योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेश च्यानल नं. १०० बाट लाईभ लक्की ड्र प्रसारण गरिएको थियो ।
पहिलो लाइभ लक्की ड्रबाट बिजय हुनेमा डिशहोमको सेटअप बक्सको CASID No. 02519107484, कावाशोती, नवलपरासीका सुदिप मरासिनीर 02519110650, पोखरा कास्कीकी बिनिता गुरुङ्ग लार्इ प्रति व्यक्ति एक लाख नगद उपहार प्रदान गर्ने भएकाे छ । बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ ।
आउने लाइभ लक्की ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई ९ गतेको लाइभ लक्की ड्रमा समावेश गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस